सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २६। भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । निजी विमानबाट आदित्यनाथ बुधबार बिहान १० बजेर ३० तिर जनकपुर विमानस्थलमा ओर्लिएका हुन् ।
योगी आदित्यनाथले राम र सीताको जीवन नेपाल-भारत दुई देशको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन्।
मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई संघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुले स्वागत गरेका थिए ।
सुरक्षार्थी जनकपुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । योगीले जनकपुरधामको पूजाअर्चना गरी परिक्रम पनि गरिसकेका छन् ।
उनी विवाह पञ्चमी कार्यक्रममा सहभागी हुन जनकपुर आइपुगेका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा