सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पत्रकारिता क्षेत्रमा लागेको धेरै लामो समय नभएको बताउने यज्ञराज बिगत दुई बर्ष देखि पत्रकारिता क्षेत्रमा लागेको बताउछन । उनी बढी जसो सामाजिक सञ्जाल मार्फत अनलाइन पत्रकारिता मार्फत नै चर्चामा आएका हुन । अरु पत्रकारहरुका अघि सानै उमेर (१७ बर्ष) को भएर पनि लामो समयदेखि पत्रकारितामा लागेका पत्रकारहरु अगाडी जादा उनी आफूलाई कहिलै सानो पत्रकार भएको महसुस नगरेको कुरा ढुक्कले बताउछन ।
आफ्नो ठाउँमा मात्र नभई विभिन्न जिल्ला अनि स्थानीय तहमा पुगेर त्यहाँका समसामयिक कुराहरुलाई जोड दिदै सम्बन्धित ब्यक्ती, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख संग ढुक्कले प्रश्न तेर्स्याउने उनी पत्रकारिता बिषय पढेका अब्बल पत्रकार पनि हैनन तरपनि समाजका राम्रा, नराम्रा कुराहरु जस्ताकातस्तै बाहिर ल्याउछन । बढी जसो उनका ती रिपोर्टहरु फेसबूक मै देख्न पाईन्छ ।
पत्रकारितामा मनग्ये धन कमाउन नसकिने थाहा पाउँदा पाउदै पनि उनी आफू यसैमा खुशी रहेको बताउछन । बिभिन समयमा उनका केही गहकिला कुराहरु फेसबूक मार्फत नै बाहिर आउछन । कहिलै कुनै पार्टी सम्बन्धि त कहिलै कुनै अन्याय, अत्याचार सम्बन्धि । आफू सधैं खुशी नै रहेको बताउने उनी अहिल बडा दशैं एकदम नजिकिदै गर्दा एकदम भाबुक हुँदै उनले फेसबूकमै एक स्टाटस समेत राख्न भ्याएका छन । जसलाई धेरैले हेर्न भ्याएका छैनन होला तर त्यो धेरैको वास्तविकता संग मिल्छ जस्तो उनले माथी शिर्षकमै बोल्ड गरेर लेखिदिएका छन । अचेल दशैं आएको त्यति महसुस नहुने उनी त्यो स्टाटस मार्फत बताउछन । आफ्ना सपनाहरु अझै अधुरै अपुरै रहेको उनको निष्कर्ष छ ।
उनले शनिबार फेसबूकमा राखेको स्टाटस यस्तो छ :-
#सायद_धेरैको_वास्तविकता_संग_मिल्छ_होला…
बडा दशैं आए जस्तो महसुस त्यतिबेला हुन्थ्यो जतिबेला घरमा झगडा गरिगरी महिनौं दिनपछी बजार (टीकापुर) सम्म पुगेर बर्ष दिनको एकपटक एक जोर नयाँ लुगा किन्न पाईन्थ्यो, जतिबेला स्कुलको एकमहिने छुट्टि भयो भन्दै शिक्षकले दिनुभएको गृहकार्यको चिन्ता संगै दशैंमा खुब घुमिन्थ्यो, कराईन्थ्यो अनि साथीहरु संग ख्यालख्यालैमा झगडा गर्दागर्दै रोईन्थ्यो, त्यतिबेला दशैंको महसुस हुन्थ्यो जतिबेला दशैंको टीका लगाउन भनी बर्षौं दिन कुरेर मामा घर जान पाईन्थ्यो, जतिबेला घरमा दशैंको टीका लगाउने बेला आफू पहिला भन्दै झगडा गर्दै अगाडी बसिन्थ्यो अनि धेरै दक्षिणा(रुपैयाँ) दिनुपर्ने सर्त राखिन्थ्यो, जतिबेला दशैंको टीका अनि जमरा थाप्दा राम्रो आशीर्वाद दिनु है भनी अगाडि अर्हाईन्थ्यो, जतिबेला अलि अचम्मित लाग्ने आशीर्वाद आमाबुवा, दाजु, दिदिले दिएको सुन्दा खुब जिस्काईन्थ्यो, जतिबेला दशैंमा पाएको दक्षिणा अगाडी मम्मीलाई राख्न दिई पछि झगडा गरि गरि मागेर एक रुपैयाँको चार आउने मिठाई किन्नका लागि मात्र पसल पसल चाहारिन्थ्यो, जतिबेला दशैंको टीका लाउदा पाएको दक्षिणा मम्मीलाई राख्न दिएर पछि कतिबेलै कट्टि हुँदा मेरो रुपैयाँ दिनु भन्दै बेस्सरी झगडा गरिन्थ्यो तर पछि खुब मिलिन्थ्यो, जतिबेला धेरै समय पछि दशैंको निहुँ पारी बजार आउदा बजार भरी बनाएको पिङ देख्दा मख्ख पर्दै हेरिन्थ्यो, जतिबेला बजारको रमझम अनि रंगीचंगी देख्दा थुप्रै सपना सजाउदै मम्मीलाई आफू पनि यस्तै गर्छु है भनेर आफ्ना सपनाहरु शेयर गरिन्थ्यो, जतिबेला बर्षौं दिनपछि लगाउन पाएको नयाँ लुगा दुई तीन दिनसम्म लगाईरहन मन लाग्थ्यो यदि लगाउन नदिए निकै झगडा गरिन्थ्यो, जतिबेला आफ्ना जिद्दीहरु सफल भए खुब जिस्काईन्थ्यो अनि आफुले जिते भन्दै हल्ला गरिन्थ्यो । यस्तै यस्तै धेरै सम्झिन योग्य कुराहरु झन जसको कारण दशैं भन्नेबित्तिकै स्वत उमंग आउँछ तर अब यी सबै सम्झनामा सिमित छन, न कहिलै फर्किन्छन, न कहिलै फर्काउन सकिन्छ । यतिसम्म कि अब सायद यस्ता कुराहरु अहिलका प्रायः जसो साना बालबालिकाले समेत महसुस गर्नुपर्दैन । अहिल त दशैं आउदा नि उदास लाग्छ । किनकी न यी सम्झना व्यवहारिक छन न सपना साकार झन जिम्मेवारी थपिदै छ, सपना सजिदै छन, ब्यस्तता बढ्दै छ । जिन्दगिको पाठ पढिदै छ ।
#सबैलाई_बडा_दशैको_शुभकामना ।
यो धेरैको वास्तविकता समेत हो उनले लेखे जस्तै बस केही कुरा कसै संग मेल नखान सक्छ । अहिल समय अनि युग बदलिदै गर्दा समाज, ठाउँ, परम्परा अनि रमझम सबै बदलिदै छ जसले हाम्रो समाज पहिले जस्तो छैन । बिकसित त हुँदै छ तर त्यसले केही उथलपुथल पनि निम्ताउदै छ, पश्चिमा संस्कृति हावी हुँदै छन हाम्रो देशमा । केहिले नेपालीहरुको महान चाड दशैं, तिहार नै खारेज गरौं भन्छन त केही बहिष्कार गरौं भन्दै नारा लगाउछन । यहि बिचमा यी जोशिला युवा पत्रकारको स्टाटस मन खाने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा