सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, भदौ १ । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिनेक्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन सुरु गरेकामा हालसम्म आइपुग्दा १.५ मिटर सडक भासिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो ठाउँमा ९ मिटर सडक चौडा छ। जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । ४० मिटर लामो भागमा सडक भासिएको हो । सो ठाउँमा वि.सं. २०६० मा सडक भासिएपछि ‘रक स्वायल एंकरिङ’ गरिएको थियो ।
सडकछेउबाट त्रिशूली नदी बगेको छ । विज्ञले भासिएको ठाउँको निरीक्षण गरी वर्षात्को समयमा नचलाउन सुझाव दिएका छन् । उनीहरुले वर्षात्मा चलाउँदा बाटो पूरै बन्द हुनसक्ने भन्दै हिउँद लागेपछि के गर्ने टुंगोमा पुग्नुपर्ने बताएका छन् । खनालका अनुसार सडक बढी भासिएमा तत्काल भित्तो काट्ने विकल्प राखिएको छ । दैनिक सडक भासिनेक्रम बढ्दै गएको खनालले जानकारी दिए । डिभिजन सडक कार्यालय भरतपुरका तत्कालीन इन्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर ‘रक स्वायल एंकरिङ’ गरिएको बताए ।
भित्तोमा १०–१५ मिटर फलामे डन्डी घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई ‘रक स्वायल एकंरिङ’ भनिन्छ । सोही ठाउँको ‘रक एंकरिङ’ले काम गर्न छोडेर वा नदीले खोलेर धसिएको हुनसक्ने अनुमान गरिएको छ । हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ ।
सडक भासिएको ठाउँ नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोही सडक हुँदै दैनिक करिब १० हजार सवारी–साधन आवातजावत गर्दछन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा