सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । नेपाल विद्युत प्राधिकरणको शुक्रबार ३३ औं वार्षिकोत्सवमा प्रत्येक कर्मचारीलाइ ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ। ३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पुर्याइएको प्राधिकरणले जनाएको खबर कारोबार दैनिकमा छ।
प्राधिकरणका अनुसार सञ्चालक समितिबाट निर्णयगरी ९ हजार कर्मचारीलाई उत्सवभत्ता पौने ३ करोड रुपैयाँ दिइन लागिएको हो। आर्थिक वर्ष २०७३/७४मा १ अर्ब ४६ करोेड बराबर नाफा कमाउन सफल प्रधिकरणले भने गत वर्ष २०७४/७५ मा ९८ करोड कमाउन सफल भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा