सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, साउन ७ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा. गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्
यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए ।
डा.केसीले उठाएका माग जायज रहेको भन्दै सिटौलाले काँग्रेसको नेतृत्वमा रहेको सरकारले मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको
बताए ।
उनले भने “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।” सिटौलाले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा