सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगञ्ज, साउन ५ । जिल्ला प्रशासन कार्यालयले गत आवमा ४७५ अर्धन्यायिक मुद्दा फछ्र्योट गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार दर्ता भएका ७४६ मुद्दामध्ये २७१ मुद्दा अझै फछ्र्योट हुन बाँकी छन् ।
गत आव २०७४÷७५ मा सार्वजनिक अपराध, हातहतियार खरखजाना, सवारी ज्यानको क्षतिपूर्ति, न्यून गुणस्तर तथा दूषित खाद्य पदार्थ, कालोबजारी, आवश्यक वस्तु संरक्षण र ठाडो उजुरीलगायत मुद्दा दर्ता भएका थिए ।
यसैगरी कार्यालयले सो अवधिमा ८०० जनालाई वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, कोहलपुर इलाका प्रशासन कार्यालय र नरैनापुर इलाका प्रशासन कार्यालयमार्पmत त्यस अवधिमा १६ हजार ४५१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।
प्रजिअ केसीले त्यस अवधिमा जिप्रकाबाट छ हजार १३३ जनालाई राहदानी वितरण गरिएको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा