सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २ । सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ। चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो।
रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ गरिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ। यसमा मेसिनरी औजार पनि समेटिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा