सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फलेवास, असार २५ । नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।
पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताए ।
बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी परेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा