सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपको दौरान फुटबल खेलाडीहरुबाट गर्भवती हुने महिलाहरुलाई फ्रिमा बर्गर दिने आफनो अनलाइन विज्ञापन गरेको बर्गर किंगले माफी मागेको छ । फेसबुकको स्थानीय प्रतिद्धन्दि वीकेमा यो फास्टफुड श्रृखलाको एकाउन्टमा विज्ञापनमा भनिएको थियो कि रुसलाई कुनै राम्रो फुटबल जिन्स बाट फाइदा मिल्न सक्दछ ।
बर्गर किंगले भनेको छ “सामाजिक सरोकार अभियानद्धारा बर्गर किंग ती महिलाहरुलाई ईनाम दिने छ जो फुटबल स्टारद्धारा गर्भवती हुनेछन्” ।
यसमा अगाडि भनिएको थियो, “ति गर्भवती महिलाहरुले ४५,००० डलर र जिन्दगी भर फ्रिमा बर्गर पाउनेछन् । राम्रो फुटबलर जीन्स लिदा यी महिलाहरु भविष्यमा रुसलाई राम्रो फुटबलर दिन सक्ने दाबी गर्दे उक्त बर्गर किंगले विज्ञापन गरेको थियो ।
उक्त भनाईप्रति सर्बत्र विरोध तगा अन्तराष्ट्रिय मिडियामा हंगामा मच्चिएपछि बर्गर किंगले विज्ञापन फिर्ता लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा