सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सलमान खान, बबि देओल, ज्याकलीन फर्नानडेज जस्ता सुपरस्टारहरु द्धारा अभिनित मल्टिस्टार फिल्म ‘रेस ३’ लाई लिएर फ्यानहरुमा जबरदस्त क्रेज देखिएको छ । सलमान खानको फिल्म टाइगर जिन्दा हे ब्लकबस्टर भएपछि अब फ्यानहरुलाई एक पटक फेरी सलमानको यो दमदार लुक्स ‘रेस ३’ मा देखिने आशा गरीएको छ ।
यो फिल्मबाट धेरै नै आशा गरीएको छ, तर यो फिल्मको ट्रेलर रिलिज हुने बित्तिकै भारतकै एक ज्योतिषले यो फिल्मले ३०० करोड क्लबमा समावेश हुने बताएका छन् ।
ईदलाई मध्यनजर गरेर रिलिज गरीन लागीएको सलमानको यो फिल्मले राम्रो ब्यापार गर्ने दाबी ज्योतिष अटलांटा कश्यप को हो । अटलांटाको हिसाबमा ‘रेस ३’ स्टारहरु मजबुद भएकोले यो फिल्म पहिलो हप्तामा नै ३०० करोडको क्लबमा प्रवेश गर्ने दाबी गरेकी छिन ।
ज्योतिष अटलांटाको गणित अनुसार ‘रेस ३’ सलमान खानको अहिलेसम्मको सबैभन्दा ठुलो हिट फिल्म हुनेछ । १५ जुनमा रिलिज हुन गईरहेको रेस ३ को ट्रेलर मे १५ मा रिलिज गरीएको थियो जसमा सलमान खान जबरदस्त लुक्समा देखिएका छन ।
सलमानको साथै बबि देओल पनि धेरै दमदार लुक्समा देखिएका छन् । रे’स ३’ का मुख्य कलाकारहरुको बर्थडेट बाट निकालिएका आकडा अनुसार अटलांटा का अनुसार यो फिल्मको सफलता निश्चित छ । अटलांटा कश्यपका अनुसार म्याजिकल पावरफुल नम्बर ६–९–३ को जन्म भएको छ, जसको संख्या र पोजेटिभ इनर्जीको कारण फिल्मलाई भरपुर सहयोग मिल्नेछ । यसमा एउटा जोडि नम्बर यस्तो छ, जसको प्रभावका कारण ज्योतिष नम्बरको गेममा थोरै समस्या आउदछ । तर उसको असर दर्शकहरुमा अलिकति पनि पर्ने छैन , यसमा १०० प्रतिशत मध्ये जम्मा १ प्रतिशत मात्र असर पर्नेछ ।
‘रेस ३’ जुन १५ मा रिलिज हुन गईरहेको छ , ज्योतिष शास्त्र अनुसार यो बर्ष यस्तो नम्बर कम्बिनेशन भएको फिल्म अर्को आउने सम्भावना छैन । अटलांटाले ट्रेलर रिलिज हुनुभन्दा अगाडी नै यो पुर्वानुमान गर्दे भनेकी थिइन कि यो फिल्म सलमान खानको जिवनको सबैभन्दा ठुलो फिल्म हुनेछ ।
अटलांटाले भनेकी छिन कि यो फिल्म केबल हिट मात्र हुने छैन कि कमाईमा पनि सबै रेकर्ड ब्रेक गर्नेछ । अब ज्योतिषले गरेको भविष्यवाणि कति सहि हुने हो त्यो भने हेर्न वाँकी छ तर फिल्मको ट्रेलरले भने आउने वित्तिकै धुम मच्चाएको छ ।
‘रेस’ फिल्मको पहिलो २ फिल्ममा सैफ अलि खान लिड रोलमा थिए भने ‘रेस ३’ मा पहिलो पटक सलमान खान देखिदैछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा