सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मानव जिवनलाई सृजना गर्नको लागी भगवानले नारीको सृजना गरेका हुन् । जब नारीले आफनो शक्तिको प्रयोग गरेर जिवनको सृजना गर्छिन त्यसैलाई आमा भनिन्छ । यो संसारमा सबैभन्दा धेरै पवित्र र करुणामयी भनेकै आमा नै हुन् । यसैकारण ईश्वरका भक्तहरुले पनि भगवानलाई आमा भनेर पुकार्ने गर्दछन् । यस्तो भन्नाले उनीहरुलाई ईश्वरसँगको निकटताको अनुभव मिल्दछ र आर्शिवाद मिलेको अनुभव हुने गर्दछ ।
आमा शब्द आफैमा पनि पवित्र शब्द हो जस्ले मानवलाई यस धर्तिमा जन्म मात्र दिने नभै सामाजिक उत्तरदायित्व पनि बहन गर्दछिन। आमा शब्द उच्चाहरण हुने बित्तिकै उनको ममता, बात्शल्यता अनी कोमल हृदय को आभाश जो कोहिलाई पनि हुने गर्दछ।
तर आजकालको कलियुगमा छोराछारीहरुले आफनी आमाको सम्मान, आदर, सत्कार नगरेर आफ्नै हानि नोक्सानी पु¥याईरहेका हुन्छन् ।
आमासँगको सम्वन्ध सुमधुर नराख्दाको परिणाम यस्तो भोग्नु पर्दछ
– छोराछोरीले मानसिक तनावको सामना गनुपर्दछ ।
– कुनै न कुनै कारणबाट जिवनमा बाधाअवरोध आईरहन्छ ।
– छोराछोरीले मानसिक रोग तथा तनाव हुने सम्भावनाको सामना गनु पर्दछ ।
– यात्रा गर्दा कठिनाई तथा समस्यासँग जुध्नु पर्ने हुन्छ ।
– जिवनमा स्थिरता कहिलेपनि आउदैन ।
आमाको सम्मान गर्दा प्राप्त हुने लाभहरु
– चन्द्रमा सधै दाहिने हुने गर्दछन् ।
– कुनै किसिमको विरामी भएमा शिघ्र लाभ हुन्छ ।
– ब्यक्तिको मन सधै प्रसन्न रहन्छ ।
– जिवन सामान्यरुपमा ब्यतित हुन्छ ।
– सन्तानका हरेका पक्षहरुको समस्याको हल छिटो निस्कन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा