सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र ८ । एनआई सी एशिया बैंकले ‘अग्रीम ब्याज भुक्तानी मुद्दती खाता’ संञ्चालनमा ल्याएको छ । उक्त योजना अन्तरर्गत, ग्राहकहरुले कुनै पनि रकमको मुद्दती खाता खोल्दा, खाता खोलेकै दिन ११ प्रतिशतको दरले वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी बैंकको कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्नेछन् ।
यस मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशत कै दरले अग्रिम ब्याज भुक्तानि पाउनेछन् ।
खाता व्यक्तिगत तथा संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्नेछन् भने मुद्दती योजनामा चाहेको समयमा आफुले जम्मा गरेको रकमको ८० प्रतिशत सम्मको कर्जा समेत पाइनेछ ।
उक्त मुद्दती खाता खोल्ने ग्राहकहरुको ५ लाख सम्मको दुर्घटनाबीमा पनि बैंक आफैले गरिदिने बैकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । साथै पाण्डेले उक्त मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण सेवाहरु समेत पाउने बताए ।
नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा ‘अग्रीम ब्याज भुक्तानी मुद्दती खाता’ अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएको बैकले दाबी गरेको छ ।
बैकले उक्त खाता सिमीत अबधी सम्म मात्र संञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाइ यथासिघ्र ‘अग्रीमब्याजभुक्तानी मुद्दती खाता’ खोली अवसरबाट प्रचुर लाभ उठाउन आम जनसमुदायलाई अपिल समेत गरेको छ ।
बैंकको हाल मुलुकभर गरी १८५ शाखा, १८८ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जालभएको बैंक समेत बन्न सफल भएको छ ।
समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट ९प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी० सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ ।
बैंकको हाल सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगीसकेको छ । बैंकको वासलातको आकार १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब १०४ अर्ब र कुलनिक्षेप करिब १२४ अर्ब पुगिसकेको छ ।
यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा