सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन २९ । चीनको राष्ट्रपति शी जिनपिंगले उत्तर कोरीया अमेरीका र दक्षिण कोरीयाको बिच हुन गईरहेको वार्ता बिना कुनै बाधा सम्पन्न हुनेमा आशा ब्यक्त गरेका छन् । साथै प्योंगयांगको परमाणु निःशस्त्रीकरणको दिशामा प्रगती हुनेछ ।
शी ले दक्षिण कोरीयाका राष्ट्रिय सुरक्षा सल्लाहाकार चुंग ईयु–यंगसँग आज भएको भेट बैठकमा उक्त कुरा बताएका हुन् । चुंग उत्तरी कोरीयाका नेता किंम जोंग उन र अमेरीकीका राष्ट्रपति ट्रंपसँग पछिल्लो हप्तामा भएको छलफलबाट शी लाई जानकारी गराउन चीन आएका थिए ।
उत्तर कोरियाका नेता किम जोंग उन अप्रिल महिनाको अन्तिममा दक्षिण कोरीयाका राष्ट्रपति मुन जे–इन सँग असैन्य जोनमा भेटनको लागी राजि भएका हुन् । जबकि ट्रंपसँग उनको भेटघाट मे महिनाको अन्तिम तिर हुने सम्भावना रहेको छ ।
शी ले भनेका छन् “हामी आशा गछौ कि डीपी आरके–आरओके सम्मेलन र डीपीआरके–युएस वार्तमा कुनै पनि बाधा आउने छैन” । उत्तर कोरीयाका पुरा नाम कोरीया जनवादी लोकतान्त्रिक गणराज्य (डीपीआरके) र दक्षिण कोरीयाको औपचारिक नाम कोरीया गणराज्य (आरओके) हो । शी ले आशा ब्यक्त गरेका छन कि वार्ताले कोरीया प्रायद्धिपलाई निःशस्त्रीकरण र यसमा समावेश देशको सम्वन्धलाई सामान्य बनाउने दिशामा ठोस प्रगती हुनेछ । चीनले उक्त सम्बन्धमा “डुअल ट्रैक” को कुरा भनेका छन् जसमा परमाणु निःशस्त्रीकरणको साथ साथै शान्ति प्रक्रियालाई स्थापित गरिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा