सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २९ । गएको शुक्रबारदेखी बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच ब्याजदरलाई लिएर देखिएको विवादमा सहमति जुटेको छ ।
बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गरी फागुन ११ देखि सञ्चालनमा ल्याइएको समुन्नति प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ वर्षे धनवर्षा मुद्धति खाता (ब्याजदर १२ प्रतिशत ) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबार सम्म मात्र नयाँ खाता खोल्न सकिने र तत् पश्चात दुबै योजनाहरु बन्द गर्ने जनाएको छ । राष्ट्र बैंकले बैंकर्स संघ तथा एनआइसी एसियाका पदाधिकारीलाई बोलाएर छलफल गरी उक्त सहमतीमा ल्याएको हो ।
सहमतिअनुसार अब एनआइसी एसिया बैंकले तत्कालका लागी मुद्दतीमा ११ प्रतिशत तथा बचतमा ८ प्रतिशतभन्दा बढी व्याजदर दिने छैन।
‘बैंक पनि साथी पनि’ भन्ने नारा रहेको बैंकले ल्याएको ‘धनवर्षा मुद्धति खाता’ र ‘समुन्नति प्लस बचत खाता’ जन मानसमा निकै लोकप्रिय भएको थियो । योजनाहरु आम जनमानसमा लोकप्रिय भए पनि नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच ब्याजदरसम्बन्धी असमझदारी देखिएको थियो । यसलाई मध्यनजर गर्दै दुवै योजना पूर्वनिर्धारित योजनाबमोजिम निरन्तरता दिन असमर्थ भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिनुभयो ।
बैकले आम सर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको बताएको छ । “राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस एन आई सी एशिया बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित तुल्याइरहेको विषय सर्वविदितै छ,” विज्ञप्तिमा भनिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८३ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको बैंकले दावी गरेको छ ।
बैंकका हाल देशभर १८५ वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट ९प्रत्यक्ष एवं अप्रत्यक्षसमेत गरी० रहेको छ ।
बैकले ५ हजार ३ सय ७५ भन्दा बढी भौतिक सञ्जाल मार्फत बैकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ । सेवाग्राहीको संख्या १० लाखभन्दा बढि पुगी ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भएको बैंकले जनाएको छ।
बैंकको वासलातको आकार रु १४८ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारका हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहन सफल बैक मध्येको एक हो ।
छोटो समयमै बैंकलाई यस उचाईमा पुर्याउन अमूल्य योगदान पुर्याउने आम सर्वसाधारण, सेयरधनीहरु, सेवाग्राहीहरु, शुभचिन्तकहरु एवं आमसञ्चार जगतमा बैंकले कृतज्ञता समेत ब्यक्त गरेका गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा