सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७२ साल बैशाख १२ गते गएको महाभुकम्पले संंकटमा परेका नेपाली जनतालाई राहत दिन त्यसबेलाका प्रमुख राजनीतिक नेतृत्वले गरेको राजनैतिक सहमतिले संम्बिधान निमार्णलाई टुङ्गोमा पुराउदै गर्दा भारतिय हस्तक्षेप बढेकोको थियो । जस्का कारण संविधान सभाबाट संविधान बन्न नदिंने षड्यन्त्रहरु रचिएका पनि थिए। तर अन्नतः नेपालका राजनैतिक दलहरुको सहासका कारण संबिधान सभाका करिब नब्बे प्रतिशत सदस्यहरुको समर्थनमा संविधान लेखन प्रक्रिया लाई मुर्तरुप दिइयो।
नेपालको संविधान २०७२ को स्वागत सारा विश्वले गरिरहदा मधेशवादी दलहरुले आफ्ना मागहरु संविधानले समेट्न नसेको भन्दै संविधानलाई जलाउए भने भारतले आफ्नो निहित स्वार्थपूर्ति हुन नसकेको अमूर्त जनाउदिदै नेपालको संविधान सभाले पारित गरेको संविाधनलाई समर्थन दिन हिचकिचायो।
संविधान सभाले दलित, जनजाती, मधेसी, थारु, पिछडा बर्ग, लोपउन्मुख जाती, महिला लगायतका मागहरुलाई केहि हदसम्म भएपनि सम्बोधन गरेको थियो। तर मधेशबादी दलहरु संविधानको विरोधमा उत्रेका कारण उनीहरुलाई भारतीय सत्तापक्षको पूर्ण समर्थन मिलेकाले भारतले नेपालमाथी अघोषित नाकाबन्दी लगायो। त्यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पुग्यो । जस्का कारण नेपाली जनतामा भारतविरोधी मनोभाब बढ्दै गयो।
संविधान सभाबाट संविधान जारी भए लगत्तै नेपालमा केपि वलीको नेतृत्वमा नयाँ सकार गठन भयो तर सरकार नौ महिनामै ढल्यो। नाकाबन्दीको मार खेपिरहेका जनताको कानमा केपी वलीले राष्ट्रबादको नारा घन्काई दिए। हावाबाट विजुली निकाल्ने देखि लिएर समुन्दी महासागर मा नेपालको झण्डा अंकित जहाज चलाउने सम्मका भाषणहरु दिए। मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण आजीत भएका जनताहरु केपी वलीका भाषणहरु सुन्दै भारतलाई सरापी रहेका थिए भने नेपाली जनताको मन र मष्तिस्कमा बिस्तारै राष्ट्रियताको भावना जागृत पनि हुदै गईरहेको थियो। मट्टितेल, पेट्रोल, ग्यास, औषधी जस्ता अत्याबश्यक बस्तुहरुको आवागमनमा पूर्णत प्रतिबन्ध लागेपछि नेपालको सरकार चीन संग सम्बन्ध बिस्तारमा अघिबढ्या।े जस्का कारण भारत अझै चिढियो तर नेपाली जनताको धैर्यता र साहसका कारण केपी वलीको सरकार पनि चीन सँग ब्यापारीक सम्झौता गर्न हौसियो।
एकातिर तराईमा आगो बलिरहेको थियो भने अर्को तिर जनताका घरमा खाना पकाउने इन्धन देखि अत्याबश्यक सामाग्रीहरु रित्ती सकेका थिए। भारतीय पक्षले नेपालमाथी गरेको अघोषित नाकाबन्दीको नेपाली जनताले धैर्यतापूर्ण रुपले सहन गरे। हजारौ बर्ष देखि नेपाल र भारत बिचको सम्बन्धलाई नाकाबन्दीले गर्दा बिचलित गराई दिएको थियो।
ओलीको राष्ट्रबादको तिरः
एकातिर भुकम्पको मारमा परेका जनता अर्कोतिर मधेसआन्दोलन, बन्द, हड्ताल, र भारतीय नाकाबन्दी आजित बनाइदिएको थियो। यसै समयमा ओलीले राष्ट्रबादको मन्त्र जपे, जसले गर्दा अधिकांश नेपाली जनताको मनमा छोयो। भारतले नेपालमाथी गरेको प्रत्यक्ष हस्तक्षेप नेपाली जनताले सहन सकेनन त्यसकारण पनि केपि वलीको सरकारले नेपाली जनताको सहानुभुती बटुलेको थियो। बास्तबमा त्यस बेला सरकार केहि गर्न नसक्ने निरिह मात्र बनेको थियो। ठिक त्यहि समयमा केपि वलीले नेपाली जनतालाई राष्ट्रबादको नारा उपहार मात्र दिन सके। अन्ततः उनले हानेको राष्ट्रबादको तिर सहि ठाँउमा लाग्यो।
ओलीको राष्ट्रबादको नारा कति दिन सम्म टिक्लाः
केपि ओलीको राष्ट्रबादको नारा कति दिन सम्म टिक्ने भन्ने कुरा अब बन्ने उनको नेतृत्वको सरकारले आगामी पाँच बर्ष सम्म के कस्ता किसीमका कार्यहरु गर्दछ, त्यसमा निर्भर गर्दछ। नेपाली जनताले स्थानीय तहको निर्वाचनमा र प्रतिनिधी सभा एवम् प्रदेश सभा सदस्य निर्वाचनमा केपी ओलीको चाललाई समर्थन दिएका छन तर यदि उनले जनताको आशालाई जगाउनुको सट्टा खेलवाडमात्र गरे भने त्यसको जबाफ अबश्य दिनेछन।
– लेखक थापा सेतो खबर का सम्पादक हुन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा