सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, मंसिर १८ । पोखरीमा डुबेर खोटाङमा १८ महिने नाबालकको मृत्यु भएको छ । घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको सोमबार मृत्यु भएको हो । आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको स्थानीयवासी भगेश्वर राईले बताए ।
घरमा कोही नभएको समयमा खेल्दै जाँदा माछा पोखरीमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा अनुसन्धानका लागि घटनास्थलमा प्रहरीे टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको आफन्तले जनाएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा