सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रदेश नं १ को बढि प्रभावीत तथा सम्भावीत जिल्ला सुनसरी, जुन हिजोदेखी नै एमाले पार्टीको लालकिल्ला भएर स्थापीत भएको जिल्ला पुरानो पृष्टभुमिलाई हेर्दा स्व. जननेता मनमोहन अधिकारीको राजनीतिक थलो भएको जिल्ला सुनसरी । आजसम्मको इतिहासमा कुनै पनि आम निर्वाचनमा सुनसरीका कुनैपनि क्षेत्रमा हार नब्यहोरेको स्थायीत्व जमाएको पार्टी एमाले हो ।
आउदै गरेको आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एमालेका सचिवसमेत रहेका पुर्व पर्यटनमन्त्रि सुनसरी क्षेत्र नं ६ बाट प्रत्यक्ष निर्वाचित सांसद भिम आचार्य केही दिनदेखी सुन्नमा आएको छ कि आपस आपसमा सिध्याउने खेलमा लाग्दै आफनो छवी झन विगार्ने तर्फ उन्मुख छन् । म एउटा एमालेको भातृ संङगठन युवासंघ नेपालको जिम्मेवार युवा नेताको हैसियतले भन्न चाहन्छु कि तपाई आज कस्को साहारा ? कस्को बलबुता ? कस्को समर्थन ? कस्को भोट ? बाट यो स्थानमा हुनुहुन्छ ? विगतको संविधानसभाको निर्वाचनबाट हेर्दे आउदा तपाईमाथि विश्वास गरेर, तपाईप्रति आशा गरेर जुन सुनसरी क्षेत्र नं ६ का आम जनवादी एमालेप्रेमी जनताले हालेको भोटको के उपलब्धी ?
एउटा सामान्य जनताले आशा गर्ने कुरा सर्वप्रथम त्यहाँको विकास हो जुन त्यहाँबाट प्रत्यक्ष निर्वाचित सांसदको पुर्ण जिम्मेवार हुन्छ । तर मलाई लाग्छ आम जनभावना अनुरुप भन्दा निर्वाचित भए पश्चात उहाँ पुनः जनतामाझमा कहिले र कुन समयमा आनुभयो ? त्यस क्षेत्रको आम विकासको लागी युवा स्वरोजगारका लागी, महिला उद्यमशीलताका लागी र अन्य विभिन्न विकास निर्माण कार्यका लागी उहाँको उपस्थिति रहेको छैन । पार्टी सचिवसमेत रहेका भिम आचार्य मन्त्रि भए पश्चात साविक रहेका वराह क्षेत्र गा.वि.स महेन्द्रनगर, भरौल, मधुबनको विकासका नयाँ अवधारणा सायदै उहाँबाट आएको छैन तसर्थ सुनसरीका समग्र एमालेप्रेमी युवा विद्यार्थी, बुद्धिजिवि र श्रमीकबर्गहरुले भिम आचार्यमाथि के आश गर्ने ? तपाईको यो किसिमको राजनितिक प्रबृद्धिलाई हामीले के बुभ्ने ?
भोली प्रदेश नं १ को मुख्य मन्त्रिको स्थान ओगट्न सक्ने क्षमता भएको एउटा कुशल संगठकको यो किसिमको घृणित र अहंकारको राजनितिले सायदै मलाई लाग्छ स्वयम आफनो राजनीति अझ धराप पर्न सक्ने देखिदैछ भिम आचार्य !
जनभावना अनुरुप मैले बोल्दा सुनसरी क्षेत्र नं ६ हिजोदेखि नै एमालेको लालकिल्ला भएर स्थापीत भएको क्षेत्र, त्यस क्षेत्रका हरेक युवा, महिला, बृद्धबृद्धा, बुद्धिजिवि लगाएतका सबै पुर्ण एमाले समर्थक भएका कारणले उहाँको जित सुनिश्चित देखिएको हो उहाँबाट विकास योजनाको आशाबाट होइन तसर्थ एउटा अग्रज राजनितिज्ञको हिसावले आम सुनसरीलाई समेट्नुहोस तब जित सुनिश्चित हुनेछ ।
सुनसरी एक कुशल नेतृ देशको युवा आन्दोलनमा अग्रणी भुमीका निर्वाह गरेकी आदरणीय मिना श्रेष्ठ जुन सुनसरीबाट प्रत्यक्ष उमेदवारको सिफारीसमा परेकीलाई समानुपातिकमा झारीयो अन्तत नामै नसुनीएको रिभाकुमारी कर्णलाई प्रत्यक्षको टिकट दिइयो । यसमा हामिले के बुझ्ने ?
भिम आचार्यको यो किसिमको राजनैतिक रबैयाले सिंगो सुनसरीका आम एमालेप्रमी नेता कार्यकर्ता असन्तुष्ट देखिदैछन् यो कुरालाई विशेष महत्वकासाथ ध्यानकार्षण गरिदिनु हुनेछ कमरेड भिम आचार्य “यसलाई कुनै विरोधि भाषाको रुपमा नलिईकन समग्र सुनसरीको विकासका निम्ति अगाडी बढ्नु हुनेछ , नेता कार्यकर्तालाई समेट्न जनपक्षिय र विकासप्रेमी सिक्नु हुनेछ ” । (रुपक घिमिरे केन्द्रिय ब्युरो सदस्य युवासंघ नेपाल सुनसरी )
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा