सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २९ । संघीय संसद, प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन् ।
सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको पूर्व प्रधानमन्त्री नेपालले बताएका छन् । कर्मचारीको नियत र देशप्रतिको उत्तरदायित्व माथि नै पूर्व प्रधानमन्त्री नेपालले शंका व्यक्त गरेका छन् ।
राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुनेगरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै पूर्व प्रधानमन्त्री नेपालले शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायले सम्बोधन नगर्दा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको पूर्व प्रधानमन्त्री नेपालले टिप्पणी दिएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले सीमा विवाद, विगतमा भएका असमान सन्धि-सम्झौता, तटबन्ध, डुबानलगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुनेगरी खोजिनुपर्ने जनाएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले तराई क्षेत्रमा बर्सेनि हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबरभन्दा पनि भारतले ठूलो आर्थिक दायित्व वहन गर्नुपर्ने तर्क व्यक्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा