सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, असार ३१ । पूर्वी चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ का ६२ वर्षीय कान्छो दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कामका लागि घरबाट सौराहा जाने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा उनलाई आज बिहान ११ः४० बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा