सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २५ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै विजेता बनेका नेपाली टोली आज स्वदेश फर्कँदै छ ।
नेपाली टिमका कप्तान रोहित कुमार पौडेल र उप कप्तान पवन शर्राफ सिनियर टिमका पनि सदस्य रहेकाले सिंगापुरमा हुने टी–२० विश्वकप छनोटका लागि सिनियर टिममा सहभागी हुने भएका कारण नेपाल नआउने जनाएको छ ।
यसैगरी मंगलबार पारस खड्काको कप्तानीमा रहेको सिनियर टिम पनि अभ्यासका लागि मलेसिया पुगेको छ । नेपाली टिमले मलेसियासँग २ वटा टी–२० खेल खेलेपछि २० तारिखमा मात्रै सिंगापुर जाने कार्यक्रम तया गरेको छ भने, यू १९ एसिया कपमा छनोट भएको नेपाली टिमका बाँकी सदस्यहरु बुधबार राति नेपाल पुग्ने जनाएको छ ।
एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा च्याम्पियन बनेसँगै नेपाली युव टिमले श्रीलंकामा अगस्टमा हुने एसिया कप यू-१९ क्रिकेट खेल्न पाउने स्थान बनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा