सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार २१ । शनिबार अमेरिकाको क्यालिफोर्नियामा नेपाली समय अनुसार बिहान ९ बजेर ४ मिनेट जाँदा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
उक्त भूकम्प क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको अमेरिकी जिओलोजिकल सर्वे (यूएसजीएस) ले जनाएको छ ।
शुक्रबार पनि सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । दुई दिनभन्दा कम समयको अन्तरालमा शक्तिशाली दुई वटा भूकम्प आएको हो । यूएसजीएसका अनुसार शनिबार आएको भूकम्प बिहीबारको भन्दा १० गुणा बढी शक्तशाली रहेको जनाए ।
सो भूकम्पका कारण भवन र जमिनमा ठूलाठूला चिरा परेको छ साथै विद्युत आपूर्ति पनि बन्द भएको छ । जिओलोजिकल सर्वेका अनुसार भूकम्पपछि अहिलेसम्म १४ सय पटकभन्दा बढी परकम्प आइसकेको छ ।
भूकम्पका कारण ठाउँठाउँमा आगलागी घटना भएका छन् भने, केही मानिसहरु घाइते भएका छन् । सो भूकम्पबाट प्रभावितहरुका लागि क्यालिफोर्निया राज्यले आपतकालीन सेवा केन्द्रहरु चलाएको जिओलोजिकल सर्वेले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा