सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिम इंडियाले वेस्टइंडिजलाई १२५ रनले पराजित गर्दे अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ ।
विश्वकप २०१९ को ३४ औ म्याच मैनचेस्टरको ओल्ड टैफर्ड मैदानमा भारत र वेस्टइंडिज बिचको खेलमा टिम इंडियाका कप्तान विराट कोहलीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङमा उत्रेको टिम इंडियाका विराट कोहली र एमएस धोनीको अर्धशतकको मद्यलते ५० ओभरमा ७ विकेट गुमाउदै २६८ रन बनायो । यसको जवाफमा वेस्टइंडिज ३४.२ ओभरमा १४३ रनमा अल आउट भयो । योसँगै वेस्टइंडिज सेमिफाइनलमा पुग्ने बाटो बन्द भएको छ ।
यो म्याचमा टिम इंडियाको तर्फबाट मोहम्मद शामीले ४ विकेट लिए । त्यस्तै, जसप्रीत बुमराह र युजवेंद्र चहलले २–२ विकेट लिए । कुलदिप यादव र हार्दिक पाड्यले १–१ विकेट लिए । शानदार पारीको लागी विराट कोहलीलाई म्यान अफ द म्याच चुनीयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा