सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलियाका सलामी ब्याट्सम्यान डेविड वार्नरले बुधबार विश्वकपको १७ औ प्रतिस्पर्धामा पाकिस्तान विरुद्ध शानदार शतक लगाएका छन् । बल टेम्परिङ घटनामा एक बर्ष प्रतिबन्धमा परेका वार्नरले शानदार पुर्नरागमन गर्दे पहिलो शतक लगाएका छन् । पाकिस्तान विरुद्ध उनको यो लगातार तेस्रो शतक हो ।
वार्नरको वनडे करियरको यो १५ औ शतक हो । उनले १०२ बलमा ११ चौका र एक छक्काको मल्तले आफनो शतक पुरा गरे । यो भन्दा पहिला २ वनडे मा उनले पाकिस्तान विरुद्ध १३० र १७९ रनको पारी खेलेका थिए । पाकिस्तानका बलर वार्नरलाई धेरै मन पराउछन् । किनभने यो टिम विरुद्ध पछिल्लो तीन टेस्ट पारिमा उनले १४४, ११३ र ५५ रनको स्कोर बनाएका छन् ।
वार्नरको शतक शाहीन शाह अफरीदी को बलमा चौका जोड्दै शतक पुरा गरे । शतक पुरा गरेसँगै वाँर्नरले हावामा अफ्रदै खुशी मनाए ।
वार्नर १०७ रन बनाउदै शाहीन अफरीदीको बलमा आउट भए । ठुलो सट लगाउने प्रयास गरे तर बल टाढा जानुको ठाउँमा हावामा गयो र इमाम उल हकले क्याच गर्दे पाकिस्तानलाई चौथो सफलता दिलाए । वार्नरले यो भन्दा पहिला पाकिस्तान विरुद्ध अन्तिम तिन वनडेमा १३०, १७९, १०३ लगाउदै तीन शतक लगाए ।
पाकिस्तान विरुद्ध वार्नर शुरुदेखी नै आक्रमक देखिन्थे । उनले आक्रमक ब्याटिङमा कप्तान एरोन फिंचसँग मिलेर पहिलो विकेटको लागी १४६ रन जोडे । यही दौरान उनले आफनो अर्धशतक पनि पुरा गरे । भारत विरुद्ध पछिल्लो म्याचमा उनको ब्याटिङको धेरे आलोचना भएको थियो । त्यो म्याचमा उनले ५६ रनको पारी खेलेका थिए, तर यसको लागी उनले ८४ बलको सामना गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा