सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ४ । तारकेश्वर नगरपालिका–२, का विष्णुप्रसाद आचार्यले मायामा भिखारी भएर आयो भन्ने गजल सार्वजनिक गरेका छन् ।
सबै सुम्पिई मायामा भिखारी भएर आयो
आफ्नै हाल सम्झेँ, मन भारी भएर आयो
खुब पसिना बगायो साहूकोमा काम गर्दा
अहिले अह्राउँछ मात्र, सरकारी भएर आयो
चराको बिस्टाबाट जीवन पाएको हो जसले
त्यही पीपल आज ठूलो चौतारी भएर आयो
हातमा तरबार लिई वधशाला पसेको मान्छे
निस्कँदा रुद्राक्ष जप्दै, सदाचारी भएर आयो
नदी कटानमा परिसकेको यो फूलबारीमा
आयो कोही यसबेला, हजारी भएर आयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा