सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, बैशाख ११ । टीकापुर नगरपालिकामा भर्खरै सरुवा भएर आउनुभएका नयाँ प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसिलाई टीकापुर सामुदायिक पुस्तकालयले एक कार्यक्रमका बिच स्वागत एवं सम्मान गरेको छ । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष, सचिवले प्रमुख प्रशासकिय अधिकृत केसिलाई फुलमाला र दोसल्ला लगाएर सम्मान गर्नुभएको हो ।
बुधबार पुस्तकालयले आयोजना गरेको प्रमुख प्रशासकिय अधिकृत केसिलाई स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहेका केसिले टीकापुर नगरपालिका र सामुदायिक पुस्तकालय बिच बिगतका दिनभन्दा सुमधुर र प्रगाढ सम्बन्ध बनाउदै एकअर्काबिच सहयोग आदानप्रदान हुने कुरामा बिश्वस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो भन्दा अगाडी पनि कैलालीको यातायात कार्यालयमा कार्यालय प्रमुखको रुपमा काम गरिसकेको र यो कैलालीमा दोश्रो पटक हो ।” पुस्तकालयलाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू पछि नपर्ने बताउदै उहाँले पुस्तकालयको स्तरोन्नतिका लागि बिगतमा पनि टीकापुर नगरपालिकाले सहयोग गरेको र अब पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
पुस्तकालय व्यवस्थापन समितीका वर्तमान अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रमको प्रमुख अतिथी प्रमुख प्रशासकिय अधिकृत केसि नै रहनुभएको थियो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष खडकाले आवश्यक सहयोगका लागि नगरपालिकालाई अपिल गर्ने र नगरपालिकाले पनि सक्ने सहयोग गर्नेमा आफू बिश्वस्त गरेको बताउनुभयो ।
पुस्तकालयका उपाध्यक्ष ताराप्रसाद जोशिले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव कण्ठराज गिरिले गर्नुभएको हो । कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पश्चात् केसिले पुस्तकालयको भवन र नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा