भर्खरै

यूनाइटेड सिमेन्ट्सले ल्यायो विशेष ग्राहक योजना ; सुन, चाँदीदेखी बम्परमा कार जित्न सकिने


 April 18, 2019     सेतो खबर

काठमाण्डौँ, बैशाख ५ । नयाँ वर्षको अवसर पारेर यूनाइटेड सिमेन्ट्सले “यूनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार” नामक योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले १ वटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चाँदी प्राप्त गर्नुका साथै अन्य १० देखि ५० ग्राम चाँदी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउने छन ।

कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ । यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्र बाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले हुण्डाई स्यान्ट्रो कार पनि जित्न सक्नेछन् ।

उच्च गुणस्तरको साथ साथै बेला बेलामा विभिन्न उत्साहवद्र्घक योजना आºना ग्राहकमाझ पस्कदै आएको यूनाइटेड सिमेन्ट्सले यो बम्पर पुरस्कार योजना नेपाली सिमेन्ट जगतमै पहिलो पटक सबै भन्दा ठूलो मूल्यको बम्पर उपहार योजना रहेको दाबी गरेको छ ।

ललितपुरको लेलेस्थित आफनै चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन गरि सिमेन्ट तथा क्लिङ्गकर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सको फ्याक्ट्री धादिङ्गको नौबिसेमा रहेको छ । भविष्यमा पनि आफना ग्राहकलाई लक्षित गरि अन्य विशेष योजना ल्याउने योजना रहेको यूनाइटेड सिमेन्ट्सको लक्ष्य रहेको बताएको छ ।

LIC
LIC



Ime Inside