सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २९ । नेपाल राष्ट्र बैंकले नयाँ खाता खोल्नेलाई एकसय रुपैयाँ दिने भएको छ । वैशाखदेखि सुरु हुने यो सेवा सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उदेश्यले गरिएको हो ।
खाता खोल्न आउनेहरुको बैंक खातामा बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगतको खर्चबाट प्रति बैंक खाता एक सय रुपैंया रकम समेत उपलब्ध गराउने छन् ।
एकीकृत निर्देशिका २०७५ को जारी नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक खाता खोलौं अभियान सुरु गर्दै अन्य कुनै पनि बैंकमा खाता नभएका व्यक्तिको हकमा मात्रै लागु हुने गरी यो अभियान सुरु गरिएको हो ।
त्यस्तै खाता खोल्न सहजीकरणका लागि सरकारी निकायबाट जारी भएको कुनै पनि किसिमको सवारी चालक अनुमतिपत्र वा सम्बन्धित स्थानीय निकायले उपलब्ध गराएको फोटो सहितको सिफारिसका आधारमासमेत बैंक खाता खोल्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा