सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख ११ । धादिङ केन्द्र भएर बुधबार तीन पटक भूकम्प गएको छ। बिहान दुई पटक र दिउँसो एकपटक काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो।
बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रविन्दु भएर पहिलो पटक ५.२ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसलगतै सोही केन्द्रबिन्दु भएर ६ बजेर ४० मिनेट जाँदा ४.३ म्यानिच्यूडको भूकम्प गयो।
त्यसैगरी दिउँसो ३ बजेर ५ मिनेट जाँदा ३.९ म्यान्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यि सबै भुकम्पहरु २०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्यूड गएको भूकम्प कै पराकम्पन भएको केन्द्रले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा