सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र ८। विराटनगरको सहिद रंगशालामा आज (शुक्रबार)भएको साफ महिला च्याम्पियनसीप फानइल प्रतियोगितामा नेपाल फेरि भारतसित पराजित भएको छ। नेपाललाई ३-१ ले हराउँदै भारतले लगातार पाँचौ पटक उपाधि जितेको हो ।
मध्यान्तरसम्म १–१ गोलको बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो । २६औं मिनेटमा पहिलो गोल खाएको नेपालले त्यसको सात मिनेटमा सावित्रा भण्डारीको गोलमार्फत् बराबरी गर्न सफल भएको थियो ।
खेलको ६३ औं मिनेटमा भारतकी ग्रेस डाङमेयी ले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाएकी थिइन्। त्यसपछि ७७ औं मिनेटमा अञ्जु तामाङले गोल गर्दै अग्रता दोब्बर पारिन्।
यो जितसँगै भारतले लगातार पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा