सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भद्रपुर, माघ ४। चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्ने लगायत मागसहित इलाममै आठ दिनअघि आमरण अनशन सुरु गरेकाविद्यार्थी विजय थापालाई काठमाडौं लगिँदैछ।
स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले उनलाई पनि काठमाडौं लग्न लागिएको हो। गएराति प्राडा केसीसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएको थियो। चन्द्रगढी विमानस्थल ल्याइपुर्याएपछि डा. केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएकाले तत्कालै उहाँलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो।
प्राडा केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी सम्भव नहुँदा थापालाई बिहान भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखी अहिले काठमाडौं पठाइएको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा