सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, पुस ३० । सिटिजन्स बैंकले ३.६ प्रतिशत बोनस शेयर तथा १.६ प्रतिशत नगद लांभास दिने भएको छ ।
सोमबार बैंकको काठमाडौँकोे लैनचौर बैँक्वेटमा सम्पन्न १२ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट शेयर धनीहरुलाई रु २९,१४,४५,७७३ (करीव३.६ प्रतिशत) बोनस शेयरतथा रु १३,१३,५५६,१४३ (करीव १.६ प्रतिशत) नगद लाभां दिन लागेको हो ।
संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा बसेको सभाले बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदन सहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास गराए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा