सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, मंसिर २८। चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनाले न्यूनतम दश कित्ता शेयर पाएका छन् ।
सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको हो । आवेदकमध्ये दुई लाख १७ हजार १२२ जनाले शेयर पाएनन् । सो संस्थाले धितोपत्र निर्देशिका अनुसार न्यूनतम दश कित्ताको शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ ।
सो संस्थाको शेयरमा दुई लाख ७३ हजार १९२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये हितग्राही खाता नम्बर नमिलेका र व्यक्तिगत विवरण पूर्ण नभएका ४७५ जनाको आवेदन रद्द गरिएको छ ।
उक्त लघुवित्तको चुक्ता पूँजी रु १२ करोड ६० लाख छ । साधारण शेयर बिक्रीपछि चुक्ता पूँजी रु १८ करोड ६० लाख पुग्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा