सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वायु प्रदुषणको कारण गर्भखेर जाने खतरा बढ्दै गएको छ । हालैमात्र गरिएको अनुसन्धानबाट वायु प्रदुषणको सम्पर्कमा थोरै समय मात्र आएपनि गर्भखेर जाने खतरा बढेको बताइएको छ । अध्ययनमा वायु प्रदुषणको कारण दम देखी लिएर समय अगावै प्रसवसम्म, स्वास्थ्यमा पर्ने सबै नकारात्मक प्रभावसँग जोडिएर हेरिएको छ ।
अमेरीकाको युटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार सबैभन्दा धेरे आवादी भएको क्षेत्रमा बस्ने महिलाहरु जब बायु प्रदुषणको स्तर बढेपछि उसँगको सम्पर्कमा आएमा उनीहरुमा गर्भखेर जाने सम्भावना १६ प्रतिशतसम्म बढेको छ ।
२००७ देखी २०१५ सम्म गरिएको यो अध्ययनमा १३०० महिलाहरु सहभागी थिए जसमा गर्भखेर पछि (२० हप्ताको गर्भावस्थासम्म) चिकित्सकिय मद्यतको लागी आपतकालिन विभागको अवस्थामा गरिएको थियो ।
अनुसन्धानकर्ताहरुको टिमले हावामा तिन साधारण प्रदुषक तत्व – अतिसुक्ष्म कण (पोएम २.५), नाइट्रोजन अक्साइड र ओजोन को मात्रा बढेपछि ३ देखी ७ को अवधिको दौरान गर्भखेर जाने खतरालाई जाँचिएको थियो ।
यो टिमले नाइट्रोजन अक्साइडको बढेको स्तरमा सम्पर्कमा आउने महिलाहरुमा गर्भखेर जाने खतरा १६ प्रतिशतसम्म बढ्यो ।
यो अध्ययन फर्टिलिटि एण्ड स्टर्लिटी पत्रिकामा प्रकाशित छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा