सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक ३० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्र संघका उप–महासचिव अमिना जे मोहम्मदले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटमा संयुक्त राष्ट्र संघको सहयोगमा नेपालमा संचालन भइरहेका कार्यक्रमहरु र नेपाल तथा संयुक्त राष्ट्र संघबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो । । उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा