सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कन्चनपुर, कात्तिक २९। कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको दोषी पत्ता लगाउन माग गर्दै गत आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
कन्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका उनीहरुमा चिसोका कारण रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएको छ।कमजोरीका कारण निर्मलाका बुवाको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका चिकित्सकले जनाएको छ ।
निर्मला हत्याकान्डको छानबिनका लागि विभिन्न समिति गठन गरिएपनि दोषी पत्ता लागेको छैन । हत्याकान्डको छानबिनमा लापरबाही गरेको भन्दै कन्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ । अरु ६ जना प्रहरी निलम्बनमा परेका छन् ।
गत साउन १० गते साथीको घर पढ्न गएकी भीमदत्त नगरपालिका–२, खोल्टीकी निर्मला दोस्रो दिन स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा