सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमिताभ बच्चन र आमिर खान स्टारर फिल्म “ठग्स अफ हिन्दुस्तान” लाई एक समय “पाइरेट्स अफ क्यारेबियन” जस्तो फिल्म बताइएको थियो जहाँ समुन्द्री युद्धलाई धेरै नै भब्य तरिकाले देखाइयो तर भारतको ठगहरुको यो समुन्द्री लीला आशाको जाहाजसँगै डुब्यो र पाँचौ दिन केबल ६ करोडको आसपासमा मात्र कमाई भएको छ ।
विजय कृष्ण आचार्यको निर्देशनमा बनेको फिल्ममा अमिताभ बच्चन र आमिर को पहिलो पटक युगल देखाइनुको साथ साथै कटरीना र फातिमा सना शेख जस्ता स्टार पनि राखियो तर पहिलो दिन देखाइएको फिल्म पछि बक्स अफिसमा ठग्स अफ हिन्दुस्तानको जहाजमा जुन प्वाल पर्यो त्यो दिनदेखी यो फिल्म डुब्दै गयो । सोमबार घरेलु बक्स अफिसमा फिल्मले जम्मा ६ करोड रुपैयाको आसपासमा कमाई गर्यो, यानी ओपनिंगको ५० करोड ७५ लाख भारुबाट करिब ९० प्रतिशतको गिरावट ।
भारतीय फिल्म इतिहासमा मेगा बजेट फिल्ममा यस्तो कहिले पनि भएको थिएन । फिल्मले अहिलेसम्म कुल १२४ करोडको कलेक्शन गरेको छ । फिल्मले २०० वा ३०० करोडको कमाईको आकडा विर्सिएपनि हुने भयो केबल १५० करोड भारु सम्म पुग्न पनि चुनौती सामना गर्नु पर्नेहुन्छ ।
यो बर्षमा ठग्स अफ हिन्दुस्तान पहिलो यस्तो फिल्म हो जसले डाउनवार्ड कलेक्शन यानी लगातार गिरावट रेकर्ड बनायो । साधारणतय फिल्मको कमाई जति शुक्रबार हुन्छ त्यो भन्दा धेरै शनिरवार र आइतबारको कलेक्शन हुने गर्दछ तर ठग्स अफ हिन्दुस्तानमा यस्को उल्टो भयो ।
ठग्स अफ हिन्दुस्तानको कमाई
पहिलो दिन– ५२ करोड २५ लाख भारु
दोस्रो दिन– २९ करोड २५ लाख भारु
तेस्रो दिन– २२ करोड ७५ लाख भारु
चौथो दिन– १६ करोड भारु
पाँचौ दिन– ६ करोड
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा