सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चलचित्र ‘चङ्गा चेट’को गीत ‘गोजीमा दाम छैन’ले सांगीतिक आकाश तताइरहेको बेला निर्माण युनिटले फेरि अर्काे गीत ‘ढल्की ढल्की…’ सार्वजनिक गरेको छ । गीतमा रियल जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशी फिचर्ड छन् ।सन्दिप क्षेत्री, रबिन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि भिडियोमा प्रस्तुत छन् ।
अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेको संगीत छ । प्रविन सिंह गीतका कोरियोग्राफर हुन् । दीपेन्द्र के. खनाल निर्देशित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले सयूंक्त रुपमा बनाएका हुन् ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको छ । यो फिल्म कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
गीत हेर्नुहोस् :-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा