सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, भाद्र ४ । कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको आज प्रहरीले सकुशल उद्धार गरेको छ ।
आज बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको परिसरबाट अपहरणमा परेका बालक चौधरीलाई सोही जिल्लाको भालुवाङबाट साँझ सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
अपहरणमा संलग्न कैलालीको गोदावरी नगरपालिका लालपुर गाउँका बिर्जु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरणकारी चौधरीले बालककी आमा बिना चौधरीलाई घटनापछि गरेको फोनका आधारमा दाङ जिल्ला प्रहरी कार्यालयको सहयोगमा अपहरणकारीको खोजी गरी बालकको उद्धार गरिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
बालकलाई अपहरण गरी मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा अपहरणकारी चौधरी प्रहरीको फन्दामा परेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा