सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन २९ । ब्रिटानियाले नेपाली सिने क्षेत्रकी नायीका प्रियंका काकीसँग “स्माइल मोर फर अ गुड डे” टेलिभिजन विज्ञापन शुरु गरेको छ । आज काठमाण्डौमा आयोजीत एक कार्यक्रमका विच सन १९१८ मा स्थापना भएको ब्रिटानिया इण्डट्रिज लिमिटेडले स्थापनाको १०० बर्ष पुरा गरेको उपलक्ष्यमा कार्कीलाई “स्माइल मोर फर अ गुड डे” टेलिभिजन विज्ञापनमा ब्राण्ड दुतको रुपमा प्रस्तुत गरेको छ ।
करिब एक दशकभन्दा अघिदेखी नै नेपाली बजारमा उपलब्ध ब्रिटानियाले नेपालको २० प्रतिशत बजार हिस्सा ओगटेको र गुड डे नेपाली विस्कुट बजारको सबैभन्दा ठुलो ब्राण्ड बनेको कम्पनिले दावी गरेको छ ।
कम्पनिले राष्ट्रिय ब्यवस्थापक एवं देशब्यापी बितरणको साझेदारको रुपमा विशाल ग्रुपलाई नियुक्त गरेर स्थानीय तहमा आफनो उपस्थितिलाई अझ बलियो बनाउन कम्पनिले गरेको लगानीको प्रतिफल स्परुप अघिल्लो बर्षको भन्दा ३० प्रतिशतले बढेर ७० हजार आउटलेट पुगेको कम्पनिको जनाएको छ । साथै भविष्यमा ब्रिटानियाले नेपालमै स्थानिय उत्पादन गर्ने लक्ष्य पनि लिएको सो अवसरमा जानकारी दिइयो ।
प्रियंका कार्कीलाई लिएर बनाइएको अभियान “स्माइल मोर फर गुड डे” को मनोभाव नै आफनो मुस्कान पत्ता लगाउनुहोस र संसारसँग बाडेर अझ बढाउनुहोस भन्ने हो । एउटा सरल महिला सबैसँग मुस्कान बाड्दै आफनो दैनिक कार्यमा जाँदै गरेको कथा यस टेलिभिजन विज्ञापनले सुन्दर रुपमा चित्रण गरेको छ । पृष्ठभुमिको हृदयस्पर्शी गीत “मुस्कुराउनुमा कन्जुसी किन ? ” ले “स्माइल मोर” को सन्देशलाई आत्मसाथ गर्दे चलचित्रको भावमा रौनकता प्रदान गरेको छ ।
ब्रिटानिया इण्डट्रिजका अन्तराष्ट्रिय ब्यापार उपाध्यक्ष अनिन्दय दत्तले भने “भाषा, बर्ण, वर्ग र विचारलाई चिर्ने मुस्कान एउटा विश्वब्यापी ईशारा हो , मुस्कान सजिलै सर्दछ र यो सरल ईशाराले संसारको हरेक कुनामा जो कसैको दिन चम्किलो बनाउन सक्छ “। “तर आजको द्रुत गतिको संसारमा हामी आफनै अगाडि उभिएको मानिससँग पनि मुस्कुराउन कन्जुसाई गछौ । गुड डे ब्राण्डको साथमा हामी विश्वास गछौ कि हामी जती मुस्कुराउछौ संसार त्यती नै अझ सुन्दर ठाउँ हुनेछ” उनले भने ।
ब्राण्ड दुत प्रियंका कार्कीले भनिन “ब्रिटानियाड गुड डे को ‘स्माइल मोर फर र गुड डे’ को एक हिस्सा हुनु साँच्चिकै उत्साहि विषय हो , यसले बोकेको सन्देशमा म साच्चै सहमत छु “। “हामी नेपालीहरु प्रिय एवंम सहयोगी भावनाका छौ, तर हामी प्राय के मुस्कुराउछौ त ? मुस्कुराउनु सरल जस्तो लागेपनि हामी यसको खासै कदर गर्देनौ” उनले भनिन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा