सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउन २५। नेपाल–भारतको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने भएका छन् । भारतमा सम्पन्न दुई देशका सशस्त्र प्रहरीको समन्वय बैठकले सीमामा हुने अपराध नियन्त्रण गर्न संयुक्त गस्ती गर्ने भएको हो । बैठले मानव तस्करी तथा लागूऔषध कारोबार नियन्त्रणका लागि संयुक्त रुपमा गस्ती गरिनेछ । गर्ने सहमति भएको नयाँदिल्लीस्थित नेपाली दुतावासद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतको तर्फबाट एसएसबीका महानिर्देशक रन्जी कान्त मिश्रबीच भएको सहमतिले सीमा सुरक्षा मजबुत हुने आशा गरिएको छ । यस्तै, चाडपर्वको समयमा सीमा क्षेत्रमा हुने सर्वसाधरणको आवातजावतलाई सहज बनाउन दुवै देशका सुरक्षाकर्मीले सहायता कक्ष स्थापना गर्ने समेत सहमति गरेका छन् ।
त्यस्तै, सीमा क्षेत्रमा सर्वसाधरणमाथि सुरक्षाकर्मीबाट हुने दुव्र्यवहार रोक्न सुरक्षाकर्मीलाई सर्वसाधरण मैत्री बनाउन तालिम दिने सहमति भएको भारतस्थित नेपाली दुतावासले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा