सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २१। दक्षिण कोरिया जाने नेपाली कामदारहरुको हवाई टिकट २३ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागको इपीएस शाखाले जानकारी गराए अनुसार हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको हो ।
अब भने कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिरे पुग्ने भएको छ । प्रत्येक नेपाली कामदारले दक्षिण कोरिया जानका लागि हवार्इ भाडा वापत ५ सय ३० अमेरिकन डरलर तिर्दै आएका थिए ।
१२ हजार ९ सय ८० रुपैयाँका दरले हवाई भाडा घटेको हो । यसरी हवाई भाडा घटेसँगै नेपाली कामदारको वार्षिक १० करोड रुपैयाँ बचत हुने भएको छ ।
सोही प्रणालीबाट करिब ८ हजारको संख्यामा नेपाली कामदारहरु कोरिया रोजगारीका लागि जाने गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा