सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, साउन २ । गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्ने मनसायमा देखिएको छ।
संसदमा प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशका सम्भावनका विषयमा धारणा राख्ने अनुमान गरिएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने दोश्रो प्रदेश गण्डकी हो । राजधानीमा सर्वसम्मत भएतापनि नाममा भने केही असन्तुष्टि देखिएको थियो । यद्यपि दुईतिहाई बहुमतले गण्डकी नाम पारित गरेसँगै असन्तुष्टिहरु पनि साम्य भएका छन् ।
संविधानको धारा १८४ तथा प्रदेशसभा नियमावलीको नियम ३५ अनुसार प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्दा मात्रै संसद बैठकलाई सम्बोधन गर्न पाउने व्यवस्था छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा