सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार २८ । सिटिजन्स बैंक र इमाडोल स्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पताल बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले किष्ट मेडिकल कलेज शिक्षण अस्पताल (किष्ट हस्पिटल) मा उपचार गराउँदा बिशेष छुट पाउँने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा