शेयर बजार आज ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७५ अषाढ १९, मंगलबार (५ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
८८ पटक पढिएको
काठमाडौँ , असार १९। नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार मापक परिसूचक नेप्से ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०.२२ बिन्दुले बढेर २४८.२५ बिन्दुमा पुगेको छ । आज कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर रु २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ ।
आइतबार र सोमबारको तुलनामा शेयर संख्यामा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । नेप्सेका अनुसार चार उपसमूहको शेयर आज घटेको छ भने पाँच उपमूहको शेयर बढेको छ । बैंकिङ ३.५३, होटल ६.५३, फाइनान्स १.९८, उत्पादन १५.४४ र अन्य समूहको शेयर ०.७१ बिन्दुले बढेको छ । यस्तै विकास बैंक ०.१६, जलविद्युत् १६.४७, बीमा २८.६७ र माइक्रोफाइनान्स ९.५४ बिन्दुले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा