सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेंसीशहर । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने बजेट नदिएर अपमान गरेको गुनासो गर्नुभएको छ । गृह जिल्ला लमजुङको बेंसीशहर नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन गर्दैै मुख्यमन्त्री गुरुङले साना र धेरै विकास निर्माणका योजना प्रदेश र स्थानीय सरकारमा हुने तर बजेट भने केन्द्रमै राख्ने काम भएको छ भन्नुभयो । “संघीय सरकारले आफूसँग ३० प्रतिशत बजेट राखेर सबै प्रदेशलाई दिनुपर्ने हो”, उहाँको भनाइ थियो ।
नगरसभामा नगरपालिका प्रमुख गुमानसिंह अर्यालले करीब रु ५५ करोड बराबरको बजेट र आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा