सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मध्य प्रदेशका विदिशा निवासी प्रोफेसर संजीव श्रीवास्तवले सोचेका पनि थिएनन कि उनले गरेको डान्सको भिडियो यती धेरै मन पराइन्छ । पछिल्लो केही दिनदेखी भाइरल भइरहेको डान्सको भिडियोले उनलाई राता रात स्टार बनाएको छ ।
भारतमा ‘डान्सिङ अंकल’ र ‘डान्सिङ फुपा’ को नामबाट परिचित भएका प्रोफेसर संजीव श्रीवास्तव लाई अब बलीउडमा पनि काम गर्ने अफर मिल्न थालेको छ । प्रसिद्ध अभिनेता सुनिल शेट्टीले उनलाई टेलिफोन गर्दे मुंबई आउन निम्तो समेत दिएका छन् भने फिल्मि क्षेत्रका कैयौ निर्देशकहरुले पनि संजीवलाई सम्पर्क गर्दे फिल्म खेल्न आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
संजीवले एउटा विवाह उत्सबमा गरेको डान्स देश तथा विदेशमा समेत भाइरहल भईरहेको छ । जसलाई सबैले मन पराए र उनी एकाएक चर्चामा आए । संजीवले भनेका छन् कि उनले कहिलेपनि सोचेका पनि थिएनन् कि एउटा डान्सले उनको जिन्दगीलाई बदलदिने छ ।
संजीव श्रीवास्तव भोपालको भाभा इस्टिच्युटका प्रोफेसर हुन् । १२ मे मा भएको सालाको विवाहको दौरान उनले स्टेजमा डान्स गरेका थिए । डान्स भाइरल भएपछि उनी डान्सिङ अंकलको नामबाट परिचित भए । मध्यप्रदेशका सिएम शिवराज सिंह चौहानले पनि ट्वीट गर्दे उनको डान्सको तारिफ गरेका थिए ।
संजीवले बताए अनुसार उनी लेडिज संगितमा डान्स गरीरहेका थिए त्यही समयमा विवाहमा सरिक पाहुनाले भिडियो बनाएर सोशल मिडियामा पोस्ट गरीदिए । उनले कहिले पनि सोचेका थिएनन् कि उनी यति धेरै प्रख्यात हुन्छन् । संजीव पहिला पनि १९८२ देखी १९९८ सम्म कैयौ स्टेजमा परफरमेन्स गरीसकेको कुरा बताउछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा