सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १०। बिहिबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘हिसान शैक्षिक मेला’ को उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै निजी क्षेत्रका विद्यालयहरूको प्रशंसा पनि गरे।
ओलीले विगतमा सरकारकै कमजोरीकै कारण गुणस्तरीय शिक्षा दिन नसकेको पनि स्वीकार गरे। उनले नेपाल ज्ञान र विज्ञानको उर्वर भूमि भएको भन्दै त्यसलाई चिनेर अघि बढ्न पनि सबैलाई सचेत गराए।
प्रधानमन्त्री ओलीले शिक्षामा लगानी भएर पनि प्रतिफल नपाउनुमा विगतका सरकारहरू जिम्मेवार रहेको पनि स्मरण गराए।
सन्दीपले चमत्कार गरेको भन्दै ओलीले भने, नेपालीले मौका पायो कि गर्छ, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप लामिछाने चम्कियो, दुनियाँ हन्टिङ गरिरहोस्, हामी सन्दीप लामिछाने उत्पादन गरिरहन्छौँ ।’
युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली युवा पनि क्षमतावान छन् भन्ने पुष्टि गरेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा