सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका हुन्। यो खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका पाँच हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका तीन तीन हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक्षाकर्मी खटिँदैछन्।
काठमाडौं उपत्यका, जनकपुर, मक्तिनाथ र आसपासका क्षेत्रसहित र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। यो संख्या भारतीय सुरक्षाकर्मीबाहेकको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा