सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दैलेख, बैशाख २१। दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोशेरीकी नन्दकली विक (चाकुरी) का पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा रहेका छन् । उनीहरुले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि आएका छन् ।
दैलेखको ठाँटीकाधमा जाँच गराउँदा डाक्टरले पेटमा रहेका बच्चाको मृत्यु भएको बताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना भएकी छन् । वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उनका श्रीमान् हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आएका हुन् ।
सुर्खेतको विरेन्द्रनगरमा १९ गते पुनः भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले दिएको विकका श्रीमान् हरिले बताए ।
अस्पतालले औषधि किनेर ल्याउनुस् मृत बच्चा निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको शल्यक्रिया हुन नसकेको उनले बताए । अस्पतालले भने अवस्था हेरेर शल्यक्रिया गरिने बताएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा