सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्याङजा, बैशाख १९ । स्याङजामा चितुवाले गाँउ प्रवेश गरी पशुचौपाया आक्रमण गर्ने क्रम बढ्न थालेको छ । पछिल्लो समय घर, सार्वजनिक स्थल र सरकारी कार्यालय वरपर पनि चितुवा देखिन थालेको छ । यसै वर्ष मात्रै चितुवाको आक्रमणबाट स्याङजामा २ सय ६० वटा चौपाया मरेका छन्, जसमध्ये १ सय ४४ बाख्रा छन् । २०६९ सालयता स्याङजामा चितुवाको आक्रमणबाट ४ सय ७८ वटा चौपाया मरेका छन् । जसमा ३ सय २७ वटा बाख्रा, १९ वटा गोरु, १० वटा गाई, ५ वटा भैसी, १५ वटा बंगुर र एक सय २ वटा कुखुरा रहेका छन् । चितुवाको आक्रमणले चौपाया मेरेको भन्दै जिल्लाभर २ सय ७७ जनाले निवदेन दिएका छन् । जिल्ला वन कार्यालयमा परेका कुल निवेदनमध्ये २ सय ४० जनाले राहात लगिसकेको कार्यालयले जनाएको छ ।
कार्यालयका शाखा अधिकृत राजेन्द्र ढकालले जिल्लामा चितुवाको आक्रमण बढ्दो क्रममा रहेको बताए । ‘हाम्रो जिल्लामा चितुवाको बिगबिगी छ,’ उनले भने, ‘चितुवाको आक्रमणबाट चौपायामा क्षति पुगेको भन्दै दिनहुँ निवेदन आउने गरेको छ ।’ चितुवाको बिगबिगी जिल्लाको उत्तरी भेगतिर बढी छ । आँधीखोला, फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिकामा चितुवाको बिगबिगी रहेको ढकालले बताए । बागे–बाङसिङ, विचारीचौतारा, चिलाउनेबास, फापरथुम, सेतीदोभान, भाटखोला, फेदीखोला, करेनडाँडालगायतका क्षेत्रमा चितुवाले बढी चौपाया आक्रमण गरेको छ ।
वन क्षेत्रको फडानी र जंगलमा आहारा नभेटेपछि चितुवा घर/गाउँतर्फ पल्किएको जिल्ला वन कार्यालयका अधिकृत कोमल काफ्लेले बताए । काफ्लेले चितुवा कुन जिल्ला वा वनबाट आउँछन र पुन: कहाँ जान्छन् भन्नेबारे जानकार नभएको बताए । जिल्लामा चितुवाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका कार्यालयले अभिलेखमा उल्लेख छ । मानिस र चितुवाबीचको भिडन्तमा हालसम्म दुईवटा चितुवा मरेको कार्यालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा